कम्प्यूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्याई डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने व्यक्ति पक्राउ
२०७९-०५-२३
- A
- A-
- A+
काठमाडौं, कम्पयूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्याई डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने ललितपुर महानगरपालिका-२ झम्सिखेलस्थित Genese Solution Pvt. Ltd का संचालक काठमाडौं महानगरपालिका-९ बत्तिसपुतली बस्ने ५० वर्षीय प्रशन्न पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ
सुन्दर ग्रुप अफ कम्पनीज प्रालि सञ्चालन गरी कम्प्यूटर तथा लेखा सम्बन्धी उपकरणहरुको कारोवार गर्ने, कम्प्यूटरको थोक व्यापार गर्ने, विविध वस्तुहरुको आयात निर्यात गर्ने लगायतका विविध सेवा प्रदान गर्दै आएकोमा सोही कम्पनीले आफ्नो र ग्राहकहरुको हितलाई लक्षित गरी निर्माण गरिएको वेब पोर्टल र डाटाहरुलाई होस्टिङ सर्भिस प्रोभाइडर Genese Solution Pvt. Ltd ले अनधिकृत रूपमा होस्टिङ एकाउन्टमा प्रवेश गरी बिना सूचना डाटाहरु नष्ट गरी क्षती पुर्याउने कार्यमा संलग्न प्रशन्नलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।