इलेक्ट्रोनिक अटो टेम्पो हस्तान्तरण
२०७९-०५-२५
- A
- A-
- A+
मोरङ, इटहरी उपमहानगरपालिका-६ स्थित बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई ९ सिट क्षमताको एउटा बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप शुक्रबार आयोजित कार्यक्रमबीच बजाज सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको बिद्युतीय अटो टेम्पो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गिरीले उक्त बिद्युतिय अटो टेम्पो बिशेष गरी आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान एवम् प्रहरी गस्ती पेट्रोलिङको लागि परिचालन हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बजाज सोरुमका प्रवन्धक सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटि रहेको चर्चा गर्दै आगामी दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै जाने बताउनुभयो ।