अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७९-०५-२६
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित धादिङ गल्छी गाउँपालिका-१ बस्ने १९ वर्षीय बिनोद मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धादिङदेखी काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख १२४२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।