प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली नोट सहित पक्राउ

२०७९-०५-२७

  • A
  • A-
  • A+
Share

सिरहा, बरियारपट्टी गाउँपालिका-१ बडहरीबाट नेपाली रूपैयाँ ५ सय दरको ४ थान नक्कली नोट सहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त नक्लकी नोट फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार