अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-०७
- A
- A-
- A+
सिरहा, सिराहा नगरपालिका-१६ काली चोकबाट अवैध लागू औषध नाइट्राभेट १५ पिस, स्पास्मो ८ पिस र कोरेक्स जस्तो देखिने तरल पदार्थको ६ सय एमएलको १ थान डिब्बा सहित २ जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर त्रिवेणी गाउँपालिका-८ बस्ने सुरेश कुमार धमला र कटारी नगरपालिका-२ बस्ने ३६ वर्षीय ईश्वर खत्री रहेका छन् ।
ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले स.९ प ५१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक सुरेश कुमार र मोटरसाइकलमा सवार ईश्वरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।