अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-०९
- A
- A-
- A+
अर्घाखाँची, शितगंगा नगरपालिका-१२ हिलेखोलाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ शिकटोहवा बस्ने २१ वर्षीय शिवनाथ गुप्तालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गल्दाबाट गोरूसिंङगेतर्फ पदैल जाँदै गरेका गुप्तालाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।