जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
२०७९-०६-१५
- A
- A-
- A+
ललितपुर,महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २७ वर्षीय सुदिप श्रेष्ठ लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय ५० रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।