अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-१६
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-१ घर भई सोही नगरपालिका-३ पशुपति टोल डेरा गरी बस्ने २१ वर्षीय राहुल राजबंशीलाई १० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।