प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७९-०६-१८

  • A
  • A-
  • A+
Share

पर्वत, कुश्मा नगरपालिका-७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी सुनौल नगरपालिका-७ बस्ने ३३ वर्षीय विक्रम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ४९ एम्पुल, नोर्फिन ४९ एम्पुल र फनारगन ४९ एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको  उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित छ जना पक्राउ
२०७९-०८-११

 झापा, मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-७ बस्ने २४  वर्षीय मिन बहादुर उप्रेती समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । गोरखा, गोरखा नगरपालिका-१० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङ समेत दुई जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।