अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७८-०७-०४
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ स्थित सडकबाट ५ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-५ बस्ने ४८ वर्षीय प्रेम बहादुर प्रजा र २२ वर्षीय रविन्द्र प्रजा रहेका छन् । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज १६७६ नम्बरको माईक्रोबसलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।