प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित पक्राउ

२०७८-०७-०८

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम, 

बाँफिकोट गाउँपालिका-१० बस्ने ५८ वर्षीय चन्द्र बहादुर वलीलाई भरूवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

घरायसी झगडामा मादक पदार्थ सेवन गरी वलीले आफ्नै छोरालाई गोली प्रहार गरेको तर नलागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुक सहित पक्राउ गरेको हो 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
हातहतियारसहित दुई जना पक्राउ
२०८०-१२-२४

काठमाडौं, कास्की, पोखरा महानगरपालिका-२० भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसीलाई मेड इन स्पेन लेखेको दुईनाले बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले बन्यजन्तुको अबैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त बन्दुक, मृगको जस्तो देखिने ८ सय ग्राम मासु र शिकार खेल्न प्रयोग हुने विविध सामग्रीसहित उनलाई पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ नेपाल भारतको सिमानामा रहेको व्यारेज पुलबाट एसएलआरको ३ राउण्ड र थ्रीनटथ्री को २ राउण्ड गोलीसहित बिनयी त्रिवेणी गाउँपालिका-७ बस्ने २९ वर्षीय राहुल थापालाई शुक्राबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त गोलीसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।