लागूऔषध सहित पक्राउ
२०७९-०८-२७
- A
- A-
- A+
झापा, दमक नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय तुलमाया तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।