अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७९-०९-०५
- A
- A-
- A+
सिरहा, गोलबजार नगरपालिका-१ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ८ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका-१ बस्ने ३९ वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथ घर बताउने १८ वर्षीय किशोर रहेका छन् । स.१ ह २०२८ नम्बरको अटो रिक्सालाई प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी अटो चालक किशोर र अटोमा सवार सुदिपलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।