जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०९-०८
- A
- A-
- A+
ओखलढुङ्गा, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-३ सिल्कु बेसी बस्ने ६८ वर्षीय शुक्र बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शुक्र बहादुरले ती बालिकालाई मंसिर २२ गते साँझ सोही ठाउँस्थित खेतको मतान घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।