अवैध लागूऔषध सहित पक्राउ
२०७९-०९-११
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ४ ग्राम ५ मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानरगपालिका-१७ घर भएका २४ वर्षीय सिदार्थ चौधरी र सोही ठाउँ घर भएका २४ वर्षीय दिनेश चौधरी रहेका छन् । झापादेखि काठमाडौं आउँदै गरेको बागमती प्र ०३-००१ ख १६०१ नम्बरको बसलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।