कटुवा पेस्तोल सहित पक्राउ
२०७९-०९-१६
- A
- A-
- A+
कञ्चनपुर, बेलौरी नगरपालिका-१ वैशाखाबाट कटुवा पेस्तोल १ थान र गोली ७ राउण्ड सहित भारत लखिमपुर थाना मितौली ग्राम मितौली पोष्ठ बस्ने ३१ वर्षीय राजु ईद्रीसीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।