जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०७८-०७-०९
- A
- A-
- A+
बाँके,
कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्र वीर खडकाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ३ लाख ४९ हजार ७ सय ५ रूपैयाँ र दुई बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।