प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०९-२२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ चुरेबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ६ सय ट्याब्लेट सहित सर्लाही त्रिभुवननगर नगरपालिका-२ घर भएका ३४ वर्षीय शंकर साह कलवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट भिमानतर्फ आउँदै गरेको बिआर ३० एक्स ३५४८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक कलवारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-९ भैंसीघाटबाट अवैध लागूऔषध चरेश ७ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय अरुण चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको म.१ प ६८४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

दाङ, लमही नगरपालिका-४ अर्नवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८१ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गढवा गाउँपालिका-६ बस्ने २८ वर्षीय मनोज कुमार यादव र २१ वर्षीय बिशाल परियार रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

झापा, दमक नगरपालिका-२ खरखरे बस्ने ३६ वर्षीय सन्तोष राजवंशीको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित चार जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष राजवंशी, सोही ठाउँ बस्ने ३६ वर्षीय लिला कुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र सोही नगरपालिका-१ बस्ने ३१ वर्षीय सन्दिप लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सन्तोष राजवंशीको घरबाट उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.१४ प.७७८४ र मे.८.प ३०६६ नम्बरको मोटरसाइकलको साथै विभिन्न कम्पनिको मोवाइल ५ थान समेत प्रहरीले बरामद गरेको छ । 

प्यूठान, प्यूठान नगरपालिका-४ जुम्रीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४ मिलिग्राम सहित मल्लरानी गाउँपालिका-४ खलंगा बस्ने २९ वर्षीय किरण नकर्मी समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१८

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय ललित खत्री र ३२ वर्षीय बिकाश खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-३ शंकरपुर बस्ने २५ वर्षीय कमल श्रीपाईली समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कपिलवस्तु, बाणगंगा नगरपालिका-२ कप्टैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय अमित बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१७

मोरङ, विराटनगर महानगरपालिका-१५ बैंक चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १२ ग्राम ४० मिलिग्राम सहित सोही महानगरपालिका-१६ यादव टोल बस्ने १८/१८ वर्षीय २ जना किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।    कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ  १ ग्राम ८३ मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेतकोट नगरपालिका-६ बस्ने २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१० सिसैया बस्ने २३ वर्षीय आकाश ठगुन्नालाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चरेश र अफिमसहित दम्पती पक्राउ
२०८०-०८-१७

बाँके, कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १२ केजी ७ सय ४ ग्राम र अफिम जस्तो देखिने पदार्थ २ केजी ४५ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कबिता थापा रहेका छन् । उनीहरुले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०८-१५

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने ३७ वर्षीय दिनेश कुमार थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-७ साकेला पार्कबाट अवैध लागूऔषधसहित सोही नगरपालिका-७ बस्ने २२ वर्षीय मनिष माझी र सप्तरी राजविराज नगरपालिका-८ भलुवाई टोल बस्ने २४ वर्षीय सुनिल राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम, गाँजा ८ ग्राम १ सय मिलिग्राम, गुलावी रङको तत्काल नखुलेको गिलो पदार्थ ३९ ग्राम ३ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।