नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०७-१०
- A
- A-
- A+
काठमाडौं, सर्लाही, लालबन्दी नगरपालिका-१ स्थितबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ सय ९ बोतल विन्सिरेक्स र एकसय एमएलको १ सय ४ बोतल कोडीवेल सहित हरिवन नगरपालिका-६ बस्ने ४० वर्षीय मोहन कुमार अधिकारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल मोटरसाइकल सहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरेहको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुर चोकबाट ३ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सर्लाही ईश्वरपुर नगरपालिका-५ पोखरीया बस्ने २२ वर्षीय रोज महमदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा ईश्वरपुर नगरपालिका-२ बस्ने ३७ वर्षीय देवेन्द्र दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।