अवैध लागूऔषध सहित पक्राउ
२०७९-०९-२८
- A
- A-
- A+
जाजरकोट, भेरी नगरपालिका-४ शान्ति चौतारबाट अवैध लागूऔषध चरेश ९ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारेकोट गाउँपालिका-१ कोरेली बस्ने २४ वर्षीय इन्द्र बहादुर पुन र छेडागाड नगरपालिका-८ घोगी बस्ने २३ वर्षीय ललित कुमार बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले क.प्र.०२००१ प २९९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ शिवचोकबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने खैरो पदार्थ करिब ३ सय ८० ग्राम र नगद ४० हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने मकवानपुर वकैया गाउँपालिका-२ घर भएका ३७ वर्षीय सिद्ध बहादुर वाईवालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सो ठाउँमा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।