अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०९-३०
- A
- A-
- A+
झापा, अर्जुनधारा नगरपालिका-६ महानन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-७ बस्ने २६ वर्षीय विकास राजवंशी र २४ वर्षीय निर्मल भुजेललाई रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार पिस सहित घोराही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीया सिता केसी समेत २ जना महिलालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ सिद्धलेक गाउँपालिका-२ बस्ने २३ वर्षीय ज्ञान माया गुरुङ र धादिङ ज्वालामुखी गाउँपालिका-४ बस्ने २७ वर्षीय डानीमाया गुरुङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, बरियारपट्टी गाउँपालिका-३ बसपार्क चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ग्राम शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ प्र.२-०१-००२प १७१० नम्बरको मोटरसाइकलमा सवार २ व्यक्ति मोटरसाइकल छोडी फरार भएपछि प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी पारेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।