जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०७९-१०-०३
- A
- A-
- A+
पर्सा, पर्सागढी नगरपालिका-३ वडनिहार बस्ने भागवत साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ५० वर्षीय जित बहादुर तामाङ सहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार १ सय ४० रुपैँया र २ सय २१ पत्ता तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।