अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-०५
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्राम सहित दाङ बबई गाउँपालिका-४ घर भएका २६ वर्षीय सुमन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंजदेखि काठमाडौं आउँदै गरेको बा.५ ख ४५ नम्बरको बसलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।