जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
२०७९-१०-०८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३ बसुन्धारा सृजनशिल टोल डेरा गरी बस्ने ३७ वर्षीया कल्पना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-७ घर भई काठमाडौं बसुन्धरा बस्ने ३२ वर्षीया शिला गुरुङ लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार रूपैयाँ, क्यासिनो सिक्का २ सय ४१ थान र १२ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।