नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-१०-११
- A
- A-
- A+
काठमाडौं, मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुल सहित उर्लाबारी नगरपालिका-७ बस्ने ३४ वर्षीय किरण मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मगरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, नरहा गाउँपालिका-३ चोहर्वाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय २६ ट्याब्लेट र कोरेक्स १०० एमएलको १ बोतल सहित पर्सा वीरगंज महानगरपालिका-३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।