अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २१ केजी सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका-९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीया अस्मिता प्रजा रहेका छन् ।
वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।