अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-१३
- A
- A-
- A+
महोत्तरी, गौशाला नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १६ केजी ३ सय ग्रामसहित सोनमा गाउँपालिका-३ रघुनाथपुर बस्ने २१ वर्षीय नरेन्द्र कुमार पटेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सम्सीतर्फ जाँदै गरेको बिआर ३० जेड ०७९४ नम्बरको मोटरसाइकलले मधेश प्रदेश ०२-००५ प ९४७२ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले बिआर ३० जेड ०७९४ नम्बरको मोटरसाइकलका चालक पटेललाई घाइते अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । पटेलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-९ बाग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोर र १७ वर्षीया किशोरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
झापा, बिर्तामोड नगरपालिका-४ घर भई हाल कनकाई नगरपालिका-३ डेरा गरी बस्ने २९ वर्षीय सुमन चौधरीको कोठाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम ३६ मिलिग्राम, डिजिटल तराजु १ थान, नेपाली नगद २२ हजार ५० रूपैयाँ र भारतीय ३ हजार २ सय रूपैयाँ फेला पारी बिहीबार राति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो । हाल फरार चौधरीको खोजी गर्नुका साथै उनकै श्रीमतीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।