प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

२०७९-१०-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौ, महानगरपालिका-९ सिनामंलगस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्का समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

  यसैगरी काठमाडौं महानगरपालिका-९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साफे नगरपालिका-४ घर भएका ४० वर्षीय निरज शर्मा समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८०-१२-२७

कैलाली, धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार १ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।