अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-१२
- A
- A-
- A+
कपिलवस्तु,
मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट करिब १ सय २४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाणगंगा नगरपालिका-८ धनेशपुर बस्ने २६ वर्षीय बिजय खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेट नजिक लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।