२५ जना प्रहरी कर्मचारीलाई अटोमेकानिक्स तालिम प्रदान
२०७९-१०-१७
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय, सवारी महाशाखाले २५ जना प्राविधिक प्रहरी जवानहरुलाई अटोमेकानिक्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सवारी महाशाखामा संचालित अटोमेकानिक्स तालिम आठौं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले तालिम समापन गर्दै प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले सवारी साधनमा आईपर्न सक्ने यान्त्रिक समस्याको तत्काल समाधान गर्न तालिममा प्रदान गरिएको चर्चा गर्दै प्रशिक्षार्थीले हासिल गरेका सिप कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
साउन १० गतेबाट संचालित १ सय २० कार्यदिन अवधि रहेको उक्त तालिममा प्राविधिक प्रहरी जवान २५ जनाको सहभागिता रहेको थियो ।