अवैध लगूऔषध सहित पक्राउ
२०७९-१०-१८
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिमन १९ क्याप्सुल, नाईट्राभेट १ ट्याब्लेट र १ सिसि कोरेक्स सहित गौरीगंगा नगरपालिका-२ बस्ने ३३ वर्षीय हिक्मत साउद समेत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय नजाम खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध विराटनगर महनागरपालिका-१४ बस्ने ३१ वर्षीय अमरनाथ यादवले ल्याउन लगाएको भनी खुल्न आएपछि यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, विर्तामोड नगरपालिका-९ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद १० हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन आले मगर समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन ६० एम्पुल, फेनारगन ६० एम्पुल र डाईजेपाम ६० एम्पुल सहित गैंडाकोट नगरपालिका-७ बस्ने २४ वर्षीय रमेश बिश्वकर्मा समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्र ०३-००१ प ७२४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।