अवैध लागूऔषध सहित १ जना पक्राउ
२०७९-१०-२२
- A
- A-
- A+
मकवानपुर,हेटौडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ५ सय ग्राम सहित पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने ५५ वर्षीय पर्देसी माझी थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।