अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ
२०७८-०७-१३
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय प्रकाश बिक र सोही ठाउँ बस्ने २६ वर्षीय समिर बिक रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई राखेको अबस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।