अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२५
- A
- A-
- A+
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ पाथिभरा मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ९ मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २४ वर्षीय प्रितम शाही समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश ब्यूरो शाखा सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब ९ केजी सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका-८ कमाने बस्ने ४५ वर्षीय सूर्य बिश्वकर्मा, बैतडी रिम गाउँपालिका-६ का ३० वर्षीय कृष्ण जोशी र मकवानपुर मनहरी गाउँपालिका-९ खरङ्गा बस्ने २९ वर्षीय होमलाल मोक्तान रहेका छन् । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ह १४९१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी अटो चालक बिश्वकर्माको साथै अटोमा सवार जोशी र मोक्तानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।