जुवातास खेलिरहेको अवस्थामा खाजाघर संचालक सहित छ जना पक्राउ
२०७९-१०-२६
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङगलस्थित पाँचथर फिदिम नगरपालिका-५ घर भएका ४२ वर्षीय प्रकाश कुमार राईको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा खाजाघरका संचालक राईसमेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ६ सय ८५ रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।