हातहतियार सहित पक्राउ
२०७९-१०-२९
- A
- A-
- A+
सप्तरी, कंचनरुप नगरपालिका-७ लालभित्ती डाँडा पौडा खोलाबाट भरुवा बन्दुक १ थान, बलबाईरिङ १ पोका, टुकली पटका १ पोका, बारुद १ बोतल र चम्चा १ थान सहित सोही नगरपालिका-१२ बस्तीपुर बस्ने ३६ बर्षीय प्रकाश कुमार श्रेष्ठ लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।