प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ नाल भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

रूकुम(पूर्व), सिस्ने गाउँपालिका-२ तुवाङस्थित खौरे भन्ने ठाउँबाट विभिन्न हातहतियारसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६९ वर्षीय कमरा रोका र २३ वर्षीय सुरेश घर्ती रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरीले कमरा रोकाको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा २ थान,  केप १९ थान, बारुद तथा सुरेश घर्तीको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा ७ थान, केप ८ थान र बारुद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।