अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-१४
- A
- A-
- A+
कैलाली, लम्कीचुहा नगरपालिका-१ राजीपुरबाट २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिल शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनले लागूऔषध बेच बिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।