प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाइला चोकबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय २ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका रबिन्द्र धामी र चितवन पर्साखैरेनी घर भएका २७ वर्षीय राजेन्द्र मगर रहेका छन् । प्रहरी बिट सितापाइलाबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०३७ प २२४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

मकवानपुर, राक्सीराङ गाउँपालाका-८ गोठडाडाँ बस्ने ४८ वर्षीय ठाकुराम मोक्तान र २५ वर्षीय प्रेम घलानलाई अवैध लागूऔषध गाँजा ३ सय ४५ किलो ४ सय ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूको घर जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित सडक किनाराबाट अवैध लागूऔषध गाँजा १५ किलो प्रहरीले गएराति बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त गाँजा झाडीमा प्लाष्टिकले बेरेको अवस्थामा फेला पारी बरामद गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-९ बिचगौरी बस्ने २७ वर्षीय मेघराज घर्ति मगरलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ किलोग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाडा र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा झोला र सुटकेसमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने १९ वर्षीय श्याम बैगारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, भेरिगंगा नगरपालिका-१० तोलीखोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ  १ ग्राम १० मिलिग्रामसहित सिम्ता गाउँपालिका-१ खनेटा घर भई बीरेन्द्रनगर नगरपालिका-१० खजुरा बस्ने २० वर्षीय आर्यन रानालाई शुनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले बा.४ ख ५३२८  नम्बरको फोर्स गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ पहाड रोडस्थित नेचुरल होटल नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय भिम बहादुर मडै र सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय उद्धव बहादुर विक रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा भिम बहादुरको साथबाट १ ग्राम ७ सय मिलिग्राम र उद्धव बहादुरको साथबाट १ ग्राम ३ सय  मिलिग्रामसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  

मोरङ, सुनवर्षी नगरपालिका-२ पिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३० मिलिग्राम, नगद ४२ हजार ६ सय रूपैयाँ र डिजिटल तराजु १ थानसहित सोही नगरपालिका-५ टकुवा बस्ने २८ वर्षीय उपेन्द्र साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले प्र.०१-०२-०४८ प ३९४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहले खल्तीमा लुकाई ल्याएको ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रूपन्देही, देवदह नगरपालिका-४ पिपरैया बस्ने २९ वर्षीय दुर्योधन चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम र नगद १२ हजार ३ सय ६० रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै  घरमा गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको   हो । 

बारा, निजगढ नगरपालिका-११ स्थित वन कार्यालय अगाडिबाट अबैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय सन्तोष चौधरी र ३१ वर्षीय फयास मिया रहेका छन् । अस्थाई प्रहरी प्रोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्मरपुरबाट रतनपुरतर्फ आउँदै गरेको ना.१ ह ६९०१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी अटोमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ
२०८०-१२-१६

झापा, झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका-४ बस्ने २३ वर्षीय सलिम आलम समेत २ जनालाई कन्काई नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले शिवसताक्षी नगरपालिका-१० बस्ने २८ वर्षीय अजय बस्नेतलाई कन्काई नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्रामसहित बिहीबार बेलुकी पक्राउ गरेको हो ।  यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत ठाकुरगंज बस्ने ३२ वर्षीय मोहम्मद मुन्नालाई मेचिनगर नगरपालिका-‍६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित बिहीबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एक किलो ४५५ ग्राम कोकिनसहित दुई जना ब्राजिलियन नागरिक पक्राउ
२०८०-१२-१६

काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ४ सय ५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस रहेका छन् ।   लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लारिसनलाई ८ सय ४० ग्राम र फर्नान्डालाई ५ सय ५० ग्राम अवैध लागूऔषध कोकिनसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाई नेपाल ल्याएको खुल्न आएको छ । साथै उनीहरूको पेटमा  थप क्याप्सुलहरू हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको हो ।  बरामद गरिएको अवैध लागूऔषध कोकिनको अवैध बजार मुल्य ४ करोड ३६ लाख ५० हजार रूपैयाँ हुन आउने उक्त ब्यूरोले जनाएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८०-१२-१५

मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ३७ मिलिग्रामसहित सोही महानगरपालिका-१० बस्ने ३९ वर्षीय मेघराज मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय घुमन रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय हरी लाल राना र ३४ वर्षीय राम बिलाश राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी रिंङ रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रतिक चौधरी समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाबसपार्कस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१७ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएकी २१ वर्षीया निर्जला घर्ती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी दाङ, गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित भारत सिद्धार्थनगर डुमरियागञ्ज बस्ने २३ वर्षीय सोहिल राईनी समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलाबास र सशस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चितवन र झापाबाट ६ जना पक्राउ
२०८०-१२-१४

चितवन, ईच्छाकामना गाउँपालिका-७ सिमलडाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीया नरमायाँ गुरूङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । झापा, बुद्धशान्ति गाउँपालिका-१ बिचचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय श्याम सुन्दर ठाकुर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुर र मोरङबाट तीन जना पक्राउ
२०८०-१२-१४

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराइज नानपारा उत्तर प्रदेश बस्ने १९ वर्षीय संजय बालमिक र भारत शाहजपुर उत्तर प्रदेश बस्ने १९ वर्षीय अर्जुन बालमिक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१७ इस्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित भारत बिहार अररिया जोगवनी-१७ बस्ने ३२ वर्षीय मो.इभरामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवामा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एजि ४२३७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक इभरामलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।