छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
२०७९-११-१५
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय प्रकाश बुढासमेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय बिबेक लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय पोषण कुमार श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, भगवानपुर गाउँपालिका-१ ठाडीबाट नियन्त्रित लागूऔषध डाईजेल्याब ४४ एम्पुल, फेनारगन ४४ एम्पुल, बुप्रोनोर्फिन ४४ एम्पुल र २ थान सिरिन्जसहित उदयपुर त्रियुगा नगरपालिका-१२ ईन्द्रेणी बस्ने ३३ वर्षीय राजेश कार्कीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।