अवैध लागूऔषसहित दुई जना पक्राउ
२०७९-११-१५
- A
- A-
- A+
उदयपुर, ताप्ली गाउँपालिका-१ देबरेबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५४ वर्षीय ईन्द्र बहादुर शाही र ५८ वर्षीय शेर बहादुर सेन रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले शाहीको घरबाट करिब १५ केजी र सेनको घरबाट करिब २० केजी गाँजा लुकाइ राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।