प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ

२०७९-११-१६

  • A
  • A-
  • A+
Share

सिरहा, गोलबजार नगरपालिका-१ गागन खोलाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका-३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-९ त्रिबेणीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर  २ ग्राम ३ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २६ वर्षीय राजेश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको   छ । अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१६ पार्वतीमार्ग डेरा गरी बस्ने धनकुटा साँघुरीगढी गाउँपालिका-३ का ५० वर्षीय लाल बहादुर लिम्वुलाई अवैध लागूऔषध गाँजा करिब ८  किलोग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र र इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई कोठामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल डेरा गरी बस्ने झापा दमक उपमहानगरपालिका-९ घर भएका २५ वर्षीय सन्दीप बराइलीलाई अवैध लागूऔषध ब्राउनसगुर जस्तो  देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ र नगद ३ हजार ६ सय ४५ रूपैयाँसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ तारातालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-२ फलाटे बस्ने २२ वर्षीय आषिश सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध व्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  



सम्बन्धित समाचार
अवैध लागूऔषध गाँजासहित पक्राउ
२०८०-०२-२३

काठमाडौं,  चन्द्रागिरी नगरपालिका-२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित धादिङ गजुरी  गाउँपालिका-८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १३ किलो ५ सय ग्रामसहित मोरङ कानेपोखरी गाउँपालिका-४ बयरबन बस्ने २४ वर्षीय सम्राट चौधरी थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेका ग.१ ख ८६१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार थारूलाई बोरामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ
२०८०-०२-२३

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३४ वर्षीय बिकाश लिम्बु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-११ स्थित केशल्या पुलबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम, ट्रमाडोल ५ पिस र स्पासपेन १२ पिससहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय दिपेन राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहनगरपालिका-१३ राजपुर गाउँबाट अवैध लागूऔषध खैरो हेरोईन करिब २ ग्राम ४० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३७ वर्षीय जियाराम राना र  २४ वर्षीय गणेश राना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले जियाराम रानाको घर तलासी गर्दा ४३ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २४ वर्षीय भिम बहादुर सिजालीसमेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००८ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ
२०८०-०२-२२

ललितपुर, ललितपुर महानगरपालिका-२६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत-११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् । प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ ।