अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-१५
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-६ माझिटारस्थित सडकबाट अवैध लागूऔषध सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८९०४ नम्बरको हाईस गाडीमा सवार सिरहा, सिरहा नगरपालिका-१८ बस्ने २५ वर्षीय मनोज कुमार कुर्मी र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७४३९ नम्बरको गाडीमा सवार सर्लाही बागमती नगरपालिका-११ बस्ने २३ वर्षीय डेनिस बानियाँ रहेका छन् ।
उक्त सडकस्थित प्रहरी चेक पोष्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा मनोजलाई ४१ ग्राम ३ सय ९० मिलिग्राम अवैध लागूऔषध गाँजा र १ सय एमएलको २ बोतल लागूऔषध जस्तो देखिने कोडिवेल लेखिएको झोल पदार्थ तथा डेनिसलाई १ सय एमएलका २ बोतल विनसिरेक्स लेखिएको लागूऔषध जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।