अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१२
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-१७ तिनकुने चोक बस्ने १८ वर्षीय किशोर समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय १८ ट्याब्लेटसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरको कोठामा लागूऔषध लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-१२ जाई जाने भित्री बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २१ वर्षीय कृष्ण राना समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बन्साह र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त गस्ती टोलीले से.२ प ५५१३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-६ खयरघारीबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित सोही गाउँपालिका सुनाचुरी बस्ने २६ वर्षीय सरोज गौतमलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।