अवैध लागूऔषध सहित पक्राउ
२०८०-०१-०७
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिवेक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।