प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-०१-१३

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगञ्ज महानगरपालिका-१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित सोही महानगरपालिका-१६ बस्ने २५ वर्षीय बब्लु पाठकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।                        

कैलाली, धनगढी उपमहानगरपालिका-२ तिल्के तालबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ७ सय ४० मिलिग्रामसहित कंचनपुर शुक्लाफाँटा नगरपालिका-५ बस्ने ४९ वर्षीय जयराज भट्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोक बस्ने २० वर्षीय उमेश घलेलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

दाङ, दगीशरण गाउँपालिका-३ हेकुलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय श्रृखल पौडेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सर्लाही, मलंगवा नगरपालिका-८ झिलमिलियाबाट अवैध लागूऔषध गाँजा २० केजी मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले झोला फाली फरार भए पश्चात प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१-०५-२८

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र ३५ वर्षीय रवी तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट सातबिसे र प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले शिखर बेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ६३९० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिराहा, औरही गाउँपालिका-१ हनुमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४ सय मिलिग्राम, मोबाइल ४ थान र नगद १ लाख १९ हजार रूपैयाँ सहित सिरहा नगरपालिका-१ बस्ने २७ वर्षीय पंकज यादव समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो गोलबजार र प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डरतर्फ जाँदै गरेको बिआर ०६ डिसि ४९९५ नम्बरको जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक यादव समेत ३ जनालाई पक्राउ गरेको हो ।  कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया गाउँ बस्ने ४० वर्षीय राम बहादुर चौधरी समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय १० मिलिग्राम, मोबाइल ५ थान, डिजिटल तराजु १ थान, कैची १ थान र नगद ७ हजार ५ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले राम बहादुर चौधरीको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा ८ सय ग्राम सहित ललितपुर महानगरपालिका-१४ नख्खिपोट बस्ने ३९ वर्षीय नरेश वनेमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८०८ नम्बरको बसको डिक्कीमा कागजात नभएको कुरियरको सामान तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कुरियरको सामान नरेशको रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पाँगास्थित युनिक एण्ड युनिशा मिट पसलबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ९४ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० फाईल, नाईट्राभेट १ फाईल सहित पसलका संचालक धादिङ शिद्वलेख गाउँपालिका-३ चालिसे घर भएका ३० वर्षीय बिष्णु श्रेष्ठ समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-९ बस्ने २७ वर्षीय नबिन हमाल र कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने २६ वर्षीय मनोज ऐरी रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८१-०५-२७

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने शुक्लाफाँटा नगरपालिका-१ बन्साह घर भएका २० वर्षीय सन्तोष बिष्ट समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, मिर्चैया नगरपालिका-५ स्कुलटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-२ टुर्किया टोल बस्ने ४० वर्षीया गिता कुमारी साह र मिर्चैया नगरपालिका-५ स्कुलटोल बस्ने ४० वर्षीया प्रमिला देबी साह रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५ मिलिग्राम सहित शिवराज नगरपालिका-६ बस्ने ३६ वर्षीय कमाल अहमद खाँ र २२ वर्षीय अजय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९४ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-२ किसन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अर्जुन कुमार राईलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट झिलझिलेतर्फ आउँदै गरेको बा.६२ प ३१४४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रौतहट, देवाहि गोनाही नगरपालिका-९ धरहरीस्थित राम जानकी मन्दिरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित मन्दिरका पुजारी सोही ठाउँ बस्ने ६५ वर्षीय सिकिन्द्र राय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-१ चुनीमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय १० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-५ बस्ने ३० वर्षीय गणेश तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१-०१-०१६ प ७१३३ ‍नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । यसैगरी मोरङ, रतुवामाई नगरपालिका-२ घरू चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ दाम्राभिट्टा बस्ने २६ वर्षीय सुजन मोते र ३१ वर्षीय शिव कुमार लामिछानेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थ  सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०५-२६

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय केशव राज भट्ट र २३ वर्षीय भरत जाग्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा दाङ दंगीशरण गाउँपालिका बस्ने ३२ वर्षीय बिक्रम परियार र तुल्सीपुर उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय दिपक गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ६ सय ४० ग्राम सहित स्याङ्जा फेदीखोला गाउँपालिका-५ बागे घर भएका २४ वर्षीय सौगात परियारलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।