नियन्त्रित लागूऔषधसहित पक्राउ
२०८०-०१-१३
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेपाम ७ एम्पुल र फेनारगन ७ एम्पुलसहित सुनसरी बराह्रक्षेत्र नगरपालिका-५ बस्ने २१ वर्षीय पारस चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।