प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

२०७८-०७-१८

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१६ बाबा होटलको प्यासेजभित्र पार्किङ गरी राखिएको बीआर २२ एटी ९३२६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई सोही महानगरपालिका-१६ भानुचोकबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।  
पक्राउ पर्नेहरुमा  वीरगंज महानगरपालिका-१५ ठेगाना भएका २२ वर्षीय कैलाश महत्तो, बारा कलैया उपमहानगरपालिका-४ ठेगाना भएका २२ वर्षीय विनयराज शर्मा र फेटा गाउँपालिका-३ ठेगाना भएका २० वर्षीय रविन कुमार साह रहेका छन् ।
भारत विहार भटकौल सक्रौल-९ बस्ने ६५ वर्षीय अरुण कुमार चौरसियाले कात्तिक १२ गते उक्त होटलको प्यासेजभित्र पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरी भएको उक्त मोटरसाइकलमा बा.८२ प ६४६० नम्बरको नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
२०८०-०९-१७

काठमाडौं, काभ्रेपलाञ्चोक घर भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर ठिमि नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सुनचाँदी पसल गरी बस्ने ५६ वर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् । सुमित्राको कोठाबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं बाफलबाट चोरी भएका विभिन्न सामानहरूसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट चोरीमा प्रयोग भएको बा.९६ प ५५४४ नम्बरको स्कुटर १ थान, झोला १ थान, स्वरुप परिवर्तन गरीएको सुन ७५ लाल, बुद्धचित्त जस्तो देखिने गोलो दाना १४ थान लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा दुई जना पक्राउ
२०८०-०९-०१

काठमाडौं,  मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौं महानगररपालिका-१४ कलंकीबाट २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ  र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । दुवैजना धादिङ गजुरी गाउँपालिका-८ किरनचौरका हुन् । कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२-०४० प ६३८१ नम्बर तथा बा.प्र ०२-०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मन्दिरबाट चोरी गरेको सालिग्रामसमेतका सामानसहित पक्राउ
२०८०-०८-२५

 बर्दिया, ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित सोही नगरपालिका-९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरी गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०८-२१

काठमाडौं, सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ पक्राउ छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका-६ सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् । काठमाडौं महानगरपालिका-९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरबाट गत कात्तिक  ५ गते राति उक्त गरगहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरी गरेका सामानसहित छ जना किशोर पक्राउ
२०८०-०५-३१

बारा, चोरीका विभिन्न समानहरुसहित महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने १३ वर्षीय, १२ वर्षीय ३ जना, १० वर्षीय र भारत पूर्वी चम्पारण बस्ने १४ वर्षीय गरी ६ जना किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ  प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा उनीहरुलाई सिक्री १ थान, सिक्का १४ थान, ढीका १ थान, औठी १ थान, बिन्दिया १४ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, पित्तलको कचौरा १ थान र  पाएल १३ थान लुकाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

चोरी गरेको अभियोगमा पक्राउ
२०८०-०५-२९

कास्की, चोरी गरेको अभियोगमा नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित पोखरा महानगरपालिका-२८ देउमारी बस्ने १९ वर्षीय विशाल जिसी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसिसि रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।