अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-०२
- A
- A-
- A+
कपिलवस्तु, शिवराज नगरपालिका-९ बानियाभार बस्ने ३५ वर्षीया हरि कुमारी क्षेत्रीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने कालो वस्तु ४ किलो १ सय ग्राम, नगद ५६ हजार २ सय भारतीय रुपैयाँ र नगद ३ लाख ६ हजार ६ सय ६५ नेपाली रूपैयाँसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।