नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०७-२३
- A
- A-
- A+
कास्की, पोखरा महागनरपालिका-८ सिमलचौरबाट नियन्त्रित लागूऔषध ७४ एम्पुल डाइजेपाम, ७० एम्पुल ब्रुफिनुर्फिन र ७२ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-९ नयाँबजार बस्ने लम्जुङ दोर्दी गाउँपालिका-७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका-२ घर भएकी ३१ वर्षीया कोपिला अर्याल रहेका छन् । सिमलचौरमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।